काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच १ करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको छ। सोमबार नेप्से र अजोडबीच यस्तो सम्झौता भएको हो। सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।
अजोडले सर्वसाधारण तर्फ एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। सो सेयरसहित कम्पनीका संस्थापकहरुको ७० लाख कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको हो।
सम्झौता गर्दा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मूख्य प्रवन्धक/कम्पनी सचिव वैद्यनाथप्रसाद उपाध्यायसमेत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।