काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, ४८ पुगे मृतक, सोमबार थपिएका १३९ सहित संक्रमितको संख्या १८ हजार ७५२ पुग्यो ।
२) मंगलबार बस्ने स्थायी कमिटी बैठक रोक्न नदिने खुमलटार भेलाको निष्कर्ष, पार्टीमा सहमतिको प्रयासले कुनै निर्णय नभएको भन्दै अब अल्पमत र बहुमतका आधारमा अघि बढ्ने योजना ।
३) नेपाली भूमिमा नेपाली नागरिक नै ‘अवैध’, गुन्जी, कालापानी र लिम्पियाधुरा भारतीय भूमि भएको दाबी, नेपालीको अवैध प्रवेश भइरहेको भन्दै त्यसलाई रोक्न नेपाली प्रशासनसँग भारतको दबाब।
४) चीनको निर्देशनपछि अमेरिकी कूटनीतिज्ञहरूले छोडे छेङ्दुस्थित वाणिज्य दूतावास, चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयले दुखी भएको अमेरिकी विदेश मन्त्रालयको भनाइ ।
५) र, साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गरेसँगै इटालियन सिरि ए को उपाधि युभेन्टसलाई, दुई खेल अघि नै उपाधि जितेको युभेन्ट्स लगातार नवौं उपाधि ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।