काठमाडौं-नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले चितवनका चेपाङ समुदायको घर जलाउने दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्।
शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै घर जलेका चेपाङको नयाँ घर बनाउन सुझाव दिएका छन्। ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउँ, दोषीलाई कारबाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाईदेउँ’ शर्माले फेसबुकमा लेखेका छन्।
चितवनकाे माडी ९ कुसुमखोलामा बसोबास गर्ने चेपाङका ११ घर आगो लगाउनुका साथै हात्ति लगाएर भत्काईएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।