काठमाडौं-पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर नैनबहादुर तामाङ (जमिन) लाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले नगद ५० हजार सहयोग गरेका छन्।
सिन्धुपाल्चोक सुनकोसी स्थायी घर भएका तामाङ तत्कालीन शाही सेनाविरुद्दको लडाइँमा बमको छर्रा लाग्दा घाइते भएका थिए। साेहीकारण उनमा क्यान्सर देखिएको थियो। क्यान्सरपीडित तामाङको तस्बिर सार्वजनिक भएसँगै बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालले तामाङकै निवास भक्तपुर पुगि सहयोग रकमकाे प्रतिबद्धता जनाएका हुन्।
तत्काल अप्ठ्यारो परिस्थिति टार्नका निमित्त केही रकम सहयोग गरेको दुलाले बताए। क्यान्सरपीडित तामाङको सम्पूर्ण उपचारका निमित्त आफूले सक्दो पहल गर्ने मन्त्री दुलालले वचन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।