काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफ्नो नाममा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर बोलकबोल मार्फत लिलाम बिक्री गर्ने भएको हो।
एलआइसी नेपालले साउन १२ गतेदेखी १९ गतेसम्म सिलबन्दी बोलपत्र आह्वान गरेको छ। उक्त सेयरमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले मात्रै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १८०० मा नघट्ने गरी आह्वान गर्न सक्ने छन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने अंकमा वा सबै कित्ताको लागि आवेदन दिन सक्ने नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ।
नागरिक लगानी कोषले आजका मितिपछि घोषणा गरेको नगद लाभांश तथा बोनस सेयर खरिद कर्ताले प्राप्त गर्न सक्ने छन्। लगानीकर्ताले एलआईसीको केन्द्रीय कार्यालय, एसबिआई मर्चेन्टको केन्द्रिय कार्यालय हात्तीसार तथा नेपाल एसबिआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन्। नागरिक लगानीकोषको सर्वसाधारणतर्फको बजार भाउ २५८५ रुपैयाँ छ। प्रतिसेयर आम्दानी ३० रुपैयाँ छ भने भारीत औषत मूल्य पनि २५३१ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।