काठमाडौं-भारतले नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपालीको अवैध प्रवेश भइरहेको भन्दै त्यसलाई रोक्न नेपाली प्रशासनसँग आग्रह गरेको छ।
भारतको धारचूलाका उप जिलाधिकारी अनिलकुमार शुक्लाले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई गत १४ जुलाईमा पत्र लेख्दै उक्त आग्रह गरेका हुन्।

विभिन्न नेपाली गुट, समूह भारतीय क्षेत्र गुन्जी, कालापानी तथा लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न खोजेको उल्लेख गर्दै पत्रमा यसबाट मिडियाको ध्यान आकृष्ट गर्दै दुवै राष्ट्रका प्रशासनलाई दुःख दिन खोजिएको दाबी गरिएको छ।
यस्ता प्रकारका सूचना आफूहरुलाई जानकारी गराउन पनि भारतीय प्रशासनले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।