काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५,कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा निरन्तर वर्षा भएको जनाएको छ। अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेको जनाइएको छ।
महाशाखाले तिनाउ नदी बुटबलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले कञ्चनखोला, तिनाउ खोलको तटीय क्षेत्र र आसपासका खोलामा बाढी आउनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।
आजबाट ३–४ दिन मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
यस्तो छ तीन दिनको मौसमी विवरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।