काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा तेस्रो उजुरी, अर्थमन्त्रीमाथि पनि छानबिन गर्न माग, कोरोनाको बजेट खर्च अपारदर्शी भएको भन्दै सूचनाको हकको निवेदनसमेत दर्ता।
२) काठमाडौंमा ८ जनासहित आइतबार थप १३० जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो, उपचारपछि निको भए १३ हजार १२८ जना
३) रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुने, राणासहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण भए÷नभएको बारे आगामी सुनुवाइमा जाँच गरिने
४) दक्षिण कोरियाको सीमा क्षेत्र काएसोङ सहरमा पहिलो कोरोना संक्रमित भेटिएको उत्तर कोरियाको भनाइ, कोरोना नियन्त्रण गर्न भन्दै संकटकाल घोषणा
५) र, बेलायतमा विदेशबाट आउनेका लागि १४ दिनको क्वारेन्टाइन अनिवार्य, च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको खेल सिटीको मैदानमा हुन कठिन
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।