प्रतीकात्मक तस्बिर
काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे महाराजगंजबाट खटिएको प्रहरीले कलंकीबाट महर्जनलाई प्रक्राउ गरेको हो।
ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल घर भएका महर्जन अदालतले जरिवाना ठहर गरेपछि फरार भएका थिए। उच्च अदालत पाटनकाे गत माघ २० को फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।
खातामा रकम नभएका उनले चेक दिएका थिए। अदालतले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी कैद र जरिवाना हुने फैसला गरेको थियो। २०७५ भदौमा उनले दिएको चेक बाउन्स भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।