प्रतीकात्मक तस्बिर
काठमाडौं– विवाह गरेर अमेरिका जाने प्रलोभनमा पुरुषहरु ठगिन थालेका छन्। युवतीसँग विवाह गरेर अमेरिका जाने प्रलोभनमा पर्दा पुरुषहरु ठगिएका हुन्।
बाग्लुङकाे काठेखोला गाउँपालिका वडा नं २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षकी कोपिला शर्मा र सोही जिल्लाकी सोही स्थानमा बस्ने वर्ष १९ की अमिसा केसीले पुरुषहरुलाई विवाह गरेर अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गरेको खुलेको हाे। उनीहरुले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा युवाहरुलाई फलो गर्ने र आफू अमेरिका बस्दै आएको, विवाह गरेपछि अमेरिका लैजाने भनि विभिन्न बाहना बनाई ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
उनीहरुले पुरुषहरुलाई फलो गर्ने तथा साथी बन्न अनुरोध पठाउने र आफू सबैभन्दा नजिकको फ्यान भएको भन्दै साथी बन्न बाध्य बनाईपछि विभिन्न बाहनामा ६ लाख ६० हजार ठगी गरेको पाइएको हाे। कोपिला शर्माले आफूलाई अमेरिकाको डिभी परेको हाल लकडाउनका कारण नेपालमा बसोबास गर्दै आएको र नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने पैसाको आवश्यक परेको भन्दै पुरुषहरुसँग ५ लाख ठगी गरेको खुलेको छ। उनले आफ्नो बुबाको भन्दै फेक अकाउन्ट खोलेर ढुकुटीको पैसा तिर्ने बाहनामा समेत ठगी गरेको खुलेको हो।
त्यस्तै भक्तपुरका एक जना पुरुषसँग नजिकिएर उनकी छोरीसँग मितेरी लगाएरसमेत १ लाख ६० हजार ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। त्यस्तै फिल्म क्षेत्रका व्यक्तिहरुलाई समेत फेसबुकमार्फत् आफूसँग विवाह गरेर अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गर्न खोजेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।