काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत युवाहरुको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ। ‘इनफ इज इनफ’का अभियानकर्ता नौं दिनदेखि अनशनमा बसिरहेका छन्।
कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको प्रभावकारीताको माग गर्दै युवाहरु अनशनमा बसेका हुन्। आयोगले अनशनस्थल वसन्तपुर पुगेर युवाहरुको माग तथा स्वास्थ्य अवस्थाको अनुगमन गरेको थियो।
असार २२ मा सरकारसँग गरेको सहमति कार्यन्वयन नभएपछि युवाहरुले पुनः अनसन सुरु गरेका थिए। यस सम्बन्धमा आयाेगले पुनः अनुगमन गरेको छ। अनशनरत समिरा श्रेष्ठको स्वास्थ्यमा असर देखिन थालेको आयोगले जनाएको छ।
अनशनरत युवाको स्वास्थ्यसम्बन्धी न्यायोचित मागहरु सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको छ। आयाेगले स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील भई सार्थक संवाद गर्न समेत सरकारलाई सुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।