काठमाडौं- लक्ष्मी म्युचुअल फण्डले सञ्चालन गरेको लक्ष्मी उन्नति कोषले आजदेखि सार्वजनिक निष्काशन गर्ने भएको छ। कोषले प्रति इकाई १० रुपैयाँको दरले ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि जारी गरेको हो।
जम्मा ८ करोड ८० लाख इकाई मध्ये १५ प्रतिशत अर्थात् एक करोड २० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी बैंकले खरिद गरेको छ। सर्वसाधारणले १०० इकाईदेखि ८० लाख इकाईसम्मको लागि आवेदन दिन सक्ने छन्।
आवेदकले मेरो सेयर तथा आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्। फण्डले छिटोमा साउन १४ गतेसम्म आवेदन दिन सक्ने छन्। यदि पहिलो चरणमा बिक्री भएन भने ढिलोमा साउन २५ गतेसम्म बिक्री खुला हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।