काठमाडौं- नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ। पुनर्बिमा व्यवसायसम्बन्धी निर्देशिका २०७१ को दाफा १२ अनुसार पुनर्बिमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्था छ।
यही व्यवस्थाका आधारमा कम्पनीको सञ्चलक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो। कम्पनीले लाभांश वितरण गर्न कम्तीमा नाफा आर्जन गरेको ५ वर्ष बित्नु पर्छ।
सञ्चानमा आएको आर्थिक वर्ष २०७२/७३ देखि नै कम्पनी नाफामा देखिँदै आएको छ। नियमअनुसार पाकेको नाफा बाँडफाँड गर्न ५ वर्ष कुर्नुपर्ने व्यवस्थाले गर्दा २०७७/७८ को लेखापरीक्षणपछि मात्रै कम्पनीले लाभांश वितरण गर्न सुरु गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।