काठमाडौं- श्रीमतीको हत्यापछि जलाएको आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार पेशी तोकिएकाे छ। न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीकाे इजलाशमा पेशी ताेकिएकाे हाे।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफ्नो फैसला त्रुटीपूर्ण रहेको दाबीसहित सरकारी वकिलले दायर गरेको पुनरावलोकन निवेदनमा पेशी तोकेका हुन्।
राणासहित न्यायाधीश तेजबहादुर केसीको इजलाशले कोइरालाको सजाय घटाएर साढे आठ वर्ष कायम गरेका थिए। जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेको मुद्दामा उनीहरुले जन्म कैदको मात्र सजाय गरेका थिए। क्रुर अपराधमा कम सजाय गरेको भन्दै सर्वोच्चको आलोचना भइरहेको छ।
आज पेशी तोकिएकाे मुद्दामा सुनुवाइ हुँदै पुनरावलोकनको अनुमति पाएमा उक्त फैसला त्रुटीपूर्ण रहेको वा नरहेकोबारे निर्णय हुने छ। सर्वोच्चले अनुमति नदिएमा भने पुरानै फैसला कायम हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।