काठमाडौं- सिटिजन्स बैंकसँग गाभिएको सहयोगी विकास बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। सहयोगीको ४६ लाख ७६ हजार २०५ कित्ता सेयर सूचीकृत भएको हो।
सिटिजन्सले सहयोगीलाई एक बराबर ९१.७५ को अनुपातमा गाभेको थियो। सफल मर्जरपछि संयुक्त कारोबार असार २० गतेदेखि नै भएको थियो। मर्जपछि बैंकको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ, कर्जा लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको थियो।
त्यस्तै चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। प्रदेश नम्बर २ मा व्यवसाय विस्तार गर्न बैंकले उक्त मर्जरलाई रोजेको थियो। दोस्रो बजारमा सूचीकृत भएसँगै सहयोगी विकास बैंकका सेयरधनीले सिटिजन्स बैंकको मूल्य प्राप्त गर्ने छन्।
कारोबार रोक्का हुनु अगाडि सहयोगीको बजार मूल्य १९७ रुपैयाँ थियो। हाल सिटिजन्सको सेयर मूल्य २०१ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।