एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६० लाखनजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ५९ लाख ८० हजार ४ सय २५ पुगेको हो। विश्वभर ६ लाख ४३ हजार ३ सय १९ को मृत्यु भइसकेको छ भने ९१ लाख ८५ हजार ५ सय ९७ निको भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४१ लाख ६७ हजार ६ सय ६३ पुगेको छ। त्यहाँ १ लाख ४६ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ।
ब्राजिलमा २३ लाख ४३ हजार ३ सय ६६ संक्रमित र ८६ हजार ४ सय ४९ को मृत्यु, भारतमा १३ लाख ३७ हजार २४ संक्रमित र ३१ हजार ३ सय ५८ को मृत्यु तथा रुसमा ८ लाख ५ हजार ३ सय ३२ संक्रमित र १३ हजार १ सय ७२ को मृत्यु भएको छ।
यस्तै, दक्षिण अफ्रिकामा पनि संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। त्यहाँ ४ लाख ३४ हजार २ सय संक्रमित छन् भने ६ हजार ६ सय ५५ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।