काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) कोरोना भाइरसबाट थप एक जनाको मृत्यु, ४५ पुगे मृतक, उपत्यकामा तीनसहित शनिबार १०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या, १८ हजार ४८३ पुग्यो ।
२) प्रधानन्यायाधीश राणाको चित्तमा खाएको भन्दै शसस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दा अघिल्लो साता फैसला, पछिल्लो साता रिहाइ, कर्तव्य ज्यान मुद्दामा सजाय छुट दिइएको भन्दै विरोध।
३) कांग्रेसलाई पहिलो पार्टी नबनाए राजीनामा दिने सर्तमा सभापति चुन्न कांग्रेस नेता गगन थापाको प्रस्ताव, बहुमत नपाए २ वर्षमा छोड्न सकेमात्र पार्टी सफल हुने तर्क ।
४) बेलायत सरकारले सुरुका केही साता कोरोनाभाइरस महामारीको प्रकृतिबारे बुझ्न नसकेको प्रधानमन्त्री बोरिस जोन्सनद्वारा स्वीकार, भन्छन्, ’हामीले फरक ढङ्गले काम गर्न सक्थ्यौँ’ ।
५) र, क्यारेबियन प्रिमियर लिग खेल्न सन्दीप साउन १७ गतेसम्म ट्रिनिडाड एन्ड टोबागो पुगिसक्नु पर्ने, हवाई उडानको टुंगो नलाग्दा सन्दीपले ’सिपिएल खेल्नेबारे अन्योल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।