जनकपुर- लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका–४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ।
प्र.२–०३००६ प ८०९० नम्बरको मोटरसाइकलमा चढी मनरासिस्वा– १ स्थित स्वास्थ्यचौकी नजिकै आएपछि शङ्का लागेर प्रहरीले जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट कोरेक्स झोल–१५ बोतल, डाइजोमपाम ट्याब्लेट ६९ वटा पिस र पेमाडोल ट्याब्लेट ४० पिस लागुऔषध बरामद गरेको हो।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।