काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) ओलीप्रति प्रचण्ड र माधव नेपालको संयुक्त प्रहार, प्रधानमन्त्रीकै सक्रियतामा एमाले दर्ता भएको प्रचण्डको आरोप, अंहकारको भावनाबाट अघि बढे पतन हुने नेता नेपालको चेतावनी । ( ओलीले एमाले ब्युँताएको प्रचण्डको आरोप )
२) कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ४४ पुगे मृतक, काठमाडौं उपत्यकामा १० सहित थप १३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो । ( ४४ पुगे मृतक )
३) रञ्जन कोइरालालाई दिइएको सजाय सहुलियतमा सामाजिक सञ्जालदेखि सडकसम्म चर्को विरोध, सजाय सहुलियत दिने न्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन । ( न्यायाधीशमाथि महाअभियोग लगाउन माग )
४) चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय बन्द गर्न चीनको आदेश, अमेरिकाले अनुचित ढंगको कदम चालेपछि त्यसको प्रतिक्रियास्वरुप बैधानिक र आवश्यक कदम चाल्न बाध्य भएको प्रतिक्रिया । ( चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय बन्द )
५) र, इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानमा रहेको युभेन्टस उडिनेजसँग २–१ गोलअन्तरले पराजित, युभेन्टसले लिगको उपाधि जित्न अझै कुर्नु पर्ने । ( उडिनेजसँग युभेन्टस पराजित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।