नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ।
गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्कर खोलामा साँझ-बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ।
रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र भक्सट निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन्। यद्यपि खोलामा अलिहेसम्म ठेक्का लाग्न सकेको छैन।
खोलामा दिनहुँ करिब १ सय ट्याक्टर खोलाबाट अवैध उत्खनन गरी बालुवा तथा भक्सट चोरी गरी बिक्री-वितरण गरिरहँदा रामग्राम नगरपालिका मौन बसेको छ। नगरपालिका तथा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन्।
तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडै खोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ। यसरी खोलाबाट दिनहुँ लाखौँ रकमको खोलाजन्य पदार्थको चोरी तस्करी भइरहँदा सम्बन्धित निकाय चुप बसेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।