सांकेतिक तस्बिर
दार्चुला-पहिरोमा परी दार्चुलामा एक बालक बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका २ बडालीगाउँमा पहिरो जाँदा नौगाड गाउँपालिका २ तल्लो सुण्डमुण्डका ६ वर्षीय बालक बेपत्ता भएका हुन्।
शुक्रबार दिउँसो सदरमुकाम खलंगाबाट घर जाँदै गरेका धनबहादुर ठगुन्नाका ६ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएको घटनास्थलबाट गजेन्द्र ठगुन्नाले जानकारी दिए।
जेनिससँगै रहेका नौगाड गाउँपालिकाकै संगीता ठगुन्ना, बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको उनले बताए।
अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्ट नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।