काठमाडौं- गैरकानुनी तवरले हुन्डी को कारोबारमा संलग्न ढुण्डिराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिँडिरहेका हुन्डी कारोबारी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले शरीर खान्तलासी गर्ने क्रममा निजले बोकेको कालो रंगको झोलाभित्र गैरकानुनी रुपमा हुन्डी को कारोबार गर्न लगिरहेको नगद १९ लाख ९१ हजार रुपैयाँ र भाइबरमार्फत हुण्डिको कारोबार गरिएको विवरणसहित शुक्रबार पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धान पश्चात निजलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।