• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीप्रति प्रचण्ड-नेपालको संयुक्त प्रहार

64x64
नेपाल लाइभ शुक्रबार, साउन ९, २०७७  १८:११
1140x725

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादमा केपी ओलीप्रति पुष्पकमल दाहाल र माधव कुमार नेपालको आक्रोश नघटेको देखिएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित एउटा कार्यक्रममा दुवै नेताले ओलीलाई एकताविरोधी गतिविधिमा लागेको आरोप लगाए। उनीहरुले विधि पद्धति मान्न ओलीलाई आग्रह समेत गरे।

कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टी संकटमा रहेको बताए। 'अहिले पार्टी संकटमा छ। पार्टी ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य होइन', उनले भने।

प्रचण्डले पार्टीको बैठक चल्दाचल्दै केपी ओलीको सक्रियतामा निर्वाचन आयोगमा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया अघि बढेको बताए। 'त्यसले संकटलाई व्यक्त गर्दैछ', उनले भने।

देशभर भइरहेको नाराजुलुसप्रति पनि प्रचण्डले असन्तुष्टि जनाए। साथै नक्सामा ओलीले एकल जस लिएको प्रति पनि उनले आपत्ति जनाए। गत मंसिर-पुसमा बसेको स्थायी कमिटी बैठकेदेखि माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि नक्सा प्रकाशित गर्न गरेको निर्णयलाई सरकारले अटेर गरेको र जेठ २ गते नीति तथा कार्यक्रमअघि बसेको सचिवालय बैठकबाट मुख्य सचिवलाई फोन गरेर सो विषय थप्न लगाइएको उनले बताए। 'पार्टीको सामूहिक निर्णयबाट पारित विषयलाई आफ्नो खल्तीमा हाल्ने प्रयास भयो भने त्यो इमान्दार प्रयास हुनसक्दैन। त्यहाँ दिग्भ्रम हुन्छ', उनले अगाडि भने, 'समयमै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गराउनेहरु राष्ट्रघाती दलाल, जसले प्रकाशित गर्न यति महिना ढिलो गर्‍यो, उसैको देवत्वकरण? त्यो हुनसक्दैन।'

केही दिनअघि ओलीबाट उनलाई जबजको प्रवक्ता बन्ने भए 'अर्ली' महाधिवेशन गरेर पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरिएको सार्वजनिक भएको थियो। साथै, ओली पक्षका कतिपय नेताहरुले बेलाबखत जबजको चर्चा गर्ने गरेका छन्। आजको सम्बोधनमा उनले ती एकता विरोधी गतिविधि भएको बताए। पार्टी एकता गर्दा जनताको जनवाद भनिएको भन्दै उनले त्यस बाटोलाई छोडेर पुरानै विचार अघि सार्न थालियो भने एकतालाई प्रवर्द्धन गरेको नठहरिने उनले बताए। 'हामी कहीँ न कहीँ विभाजनतिर जान खोज्दैछौं, एकअर्काको विचार, भावना र संवेदनशीलतालाई हामी सम्बोधन गर्नेतिर होइन, भन्ने नै त्यसले अर्थ दिन्छ। त्यसो नगरौं', आग्रह गरे।

प्रचण्डले नाम नलिई ओलीलाई पार्टी एकताको माया नभएको बताए। 'एकताप्रति तपाईंलाई माया छैन भने तपाईंले कुनै न कुनै रुपमा एकतालाई क्षति पुग्ने गतिविधि गर्नुहुन्छ। तपाईंलाई सामूहिक निर्णयप्रति विश्वास छैन भने तपाईं व्यक्तिगत फैसलालाई नै सर्वोपरी ठान्नुहुन्छ। र त्यसो ठानियो भने हामीले यो एकतालाई निरन्तर गति दिन र विकसित गर्न सम्भव हुँदैन', उनले भने।

कार्यक्रममा सम्बोधन गरेका प्रचण्ड र नेपाल दुवैले ओली विधि र प्रक्रियामा नहिँडेको संकेत गर्दै सो अनुसार हिँड्न सचेत गराए।

'पार्टीभित्रको समस्यालाई छलफल गरेर समाधान गर्न अधिकतम कोसिस गरिरहेका छौं। किनभने हाम्रो निम्ति व्यक्ति होइन, विधि, नीति र पद्धति प्रमुख कुरा हो। सामूहिकताको आधारमा निर्णय गर्ने र त्यसको सबैले पालना गर्ने लेलिनवादी संगठनात्मक सिद्धान्त, जुन हाम्रो पार्टीको विधानले अगाडि सारेको छ, बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ भनेर लेखेको छ, त्यसलाई सबैले शिरोपर गर्नुपर्ने हुन्छ', नेता नेपालले भने, 'म मान्दिनँ, म मान्न बाध्य छैन आदि/इत्यादि भन्न कसैले छुट पाउँदैन। मलाई लाग्दछ, बुद्धि सबैमा पलाउने छ। सबैमा चेत पलाउने छ।'

Ncell 2
Ncell 2

आफ्नो सम्बोधनमा नेता नेपालले ओलीको नाम नलिई उनको नेतृत्वमा धेरै समस्या रहेको स्पष्ट पारे। उनले विधिको पालना नगरी 'आइ एम द स्टेट' भन्ने ठान्ने, सर्वोपरी ठान्ने, आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्ने र आफू बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने  र त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यो व्यक्ति र प्रवृत्तिको पतन हुने बाहेक अर्को केही नहुने उनको भनाई छ। 'त्यस्तो विचार र प्रवृत्तिमा हामी कोही चुर्लुम्म डुबेका छौं भने उम्कियौं। जोगियौं। समय छ। तर समय धेरै ढिला हुन थालिसकेको छ', उनले भने, 'यो आन्दोलनको हितको लागि पनि अब हामीले आफूलाई सुधारौं। नयाँ शिराबाट अगाडि बढ्ने संकल्प गरौं।'

दुवैले आफ्नो सम्बोधनमा पार्टी फुट्न नदिने बताए।

प्रचण्डले अहिले कुनै पनि स्थितिमा पार्टी विभाजन हुनबाट रोक्न अन्तिम दमसम्म आफूले प्रयास गरिरहेको बताए। 'पार्टी विभाजन हुन दिइने छैन। यो विश्वास म तपाईंहरुलाई दिन चाहन्छु। पार्टीलाई एकतावद्ध राखिने छ', उनले भने, 'यो बहसबाट अझ खारिएको पार्टी, अझ एकतावद्ध पार्टी, अझ स्पष्ट विधि पद्धति पालना गर्ने पार्टीको विकास हुने छ।' 

नेता नेपालले पनि आफू सँगसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता कसैबाट नहोस् भनेर सचेत गराए। उनले सबैले बुद्धि पुर्‍याउने अपेक्षा पनि गरे। 'तपाईंहरुलाई चिन्ता छ, कम्युनिस्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन। कम्युनिस्ट पार्टी फुट्नेवाला छैन। कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर यो कम्युनिस्ट पार्टी फुट्नेवाला छैन। तर हामीमध्ये केही व्यक्ति कस्ता छौं भने कसैले भन्दिहाल्यो, पत्रिकामा आइहाल्यो भने पार्टी फुट्छ कि भनेर डर थरथरथरथर काम्न थाल्छौं। थर्किनुपर्ने केही आवश्यकता छैन', उनले भने।

उनले कम्युनिस्ट आन्दोलनलाई कसैले चाहेर विसर्जनको अवस्थामा पुर्‍याउन नसक्ने स्पष्ट पारे।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १८:११
  • #प्रचण्ड
  • #माधव_नेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
सम्बन्धित सामग्री
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे उनले यो घटनालाई हिजो मात्र `जेनजी समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता´, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र `के... बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै ‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिपोर्टिङ गर्नुहुन्छ ’ गौतमले भने ‘बढी भन्दा बढी कार्यकर्ता पर... बिहीबार, मंसिर २५, २०८२
सरकार जेनजी सम्झौता : सुदनलाई मेरो जेठो छोरो भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद ‘ऐतिहासिक रेकर्ड बन्यो, भोलि राजपत्रमा छापिन्छ। यो एउटा बलियो डकुमेन्ट छ। यसले भोलिको परिवर्तनलाई गाइड गर्छ र संविधान बनाउन पनि गाइड... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, मंसिर २५, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै बिहीबार, मंसिर २५, २०८२
दाङमा बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता हुँदै बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्