• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीप्रति प्रचण्ड-नेपालको संयुक्त प्रहार

64x64
नेपाल लाइभ शुक्रबार, साउन ९, २०७७  १८:११
1140x725

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादमा केपी ओलीप्रति पुष्पकमल दाहाल र माधव कुमार नेपालको आक्रोश नघटेको देखिएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित एउटा कार्यक्रममा दुवै नेताले ओलीलाई एकताविरोधी गतिविधिमा लागेको आरोप लगाए। उनीहरुले विधि पद्धति मान्न ओलीलाई आग्रह समेत गरे।

कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टी संकटमा रहेको बताए। 'अहिले पार्टी संकटमा छ। पार्टी ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य होइन', उनले भने।

प्रचण्डले पार्टीको बैठक चल्दाचल्दै केपी ओलीको सक्रियतामा निर्वाचन आयोगमा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया अघि बढेको बताए। 'त्यसले संकटलाई व्यक्त गर्दैछ', उनले भने।

देशभर भइरहेको नाराजुलुसप्रति पनि प्रचण्डले असन्तुष्टि जनाए। साथै नक्सामा ओलीले एकल जस लिएको प्रति पनि उनले आपत्ति जनाए। गत मंसिर-पुसमा बसेको स्थायी कमिटी बैठकेदेखि माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि नक्सा प्रकाशित गर्न गरेको निर्णयलाई सरकारले अटेर गरेको र जेठ २ गते नीति तथा कार्यक्रमअघि बसेको सचिवालय बैठकबाट मुख्य सचिवलाई फोन गरेर सो विषय थप्न लगाइएको उनले बताए। 'पार्टीको सामूहिक निर्णयबाट पारित विषयलाई आफ्नो खल्तीमा हाल्ने प्रयास भयो भने त्यो इमान्दार प्रयास हुनसक्दैन। त्यहाँ दिग्भ्रम हुन्छ', उनले अगाडि भने, 'समयमै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गराउनेहरु राष्ट्रघाती दलाल, जसले प्रकाशित गर्न यति महिना ढिलो गर्‍यो, उसैको देवत्वकरण? त्यो हुनसक्दैन।'

केही दिनअघि ओलीबाट उनलाई जबजको प्रवक्ता बन्ने भए 'अर्ली' महाधिवेशन गरेर पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरिएको सार्वजनिक भएको थियो। साथै, ओली पक्षका कतिपय नेताहरुले बेलाबखत जबजको चर्चा गर्ने गरेका छन्। आजको सम्बोधनमा उनले ती एकता विरोधी गतिविधि भएको बताए। पार्टी एकता गर्दा जनताको जनवाद भनिएको भन्दै उनले त्यस बाटोलाई छोडेर पुरानै विचार अघि सार्न थालियो भने एकतालाई प्रवर्द्धन गरेको नठहरिने उनले बताए। 'हामी कहीँ न कहीँ विभाजनतिर जान खोज्दैछौं, एकअर्काको विचार, भावना र संवेदनशीलतालाई हामी सम्बोधन गर्नेतिर होइन, भन्ने नै त्यसले अर्थ दिन्छ। त्यसो नगरौं', आग्रह गरे।

प्रचण्डले नाम नलिई ओलीलाई पार्टी एकताको माया नभएको बताए। 'एकताप्रति तपाईंलाई माया छैन भने तपाईंले कुनै न कुनै रुपमा एकतालाई क्षति पुग्ने गतिविधि गर्नुहुन्छ। तपाईंलाई सामूहिक निर्णयप्रति विश्वास छैन भने तपाईं व्यक्तिगत फैसलालाई नै सर्वोपरी ठान्नुहुन्छ। र त्यसो ठानियो भने हामीले यो एकतालाई निरन्तर गति दिन र विकसित गर्न सम्भव हुँदैन', उनले भने।

कार्यक्रममा सम्बोधन गरेका प्रचण्ड र नेपाल दुवैले ओली विधि र प्रक्रियामा नहिँडेको संकेत गर्दै सो अनुसार हिँड्न सचेत गराए।

'पार्टीभित्रको समस्यालाई छलफल गरेर समाधान गर्न अधिकतम कोसिस गरिरहेका छौं। किनभने हाम्रो निम्ति व्यक्ति होइन, विधि, नीति र पद्धति प्रमुख कुरा हो। सामूहिकताको आधारमा निर्णय गर्ने र त्यसको सबैले पालना गर्ने लेलिनवादी संगठनात्मक सिद्धान्त, जुन हाम्रो पार्टीको विधानले अगाडि सारेको छ, बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ भनेर लेखेको छ, त्यसलाई सबैले शिरोपर गर्नुपर्ने हुन्छ', नेता नेपालले भने, 'म मान्दिनँ, म मान्न बाध्य छैन आदि/इत्यादि भन्न कसैले छुट पाउँदैन। मलाई लाग्दछ, बुद्धि सबैमा पलाउने छ। सबैमा चेत पलाउने छ।'

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो सम्बोधनमा नेता नेपालले ओलीको नाम नलिई उनको नेतृत्वमा धेरै समस्या रहेको स्पष्ट पारे। उनले विधिको पालना नगरी 'आइ एम द स्टेट' भन्ने ठान्ने, सर्वोपरी ठान्ने, आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्ने र आफू बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने  र त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यो व्यक्ति र प्रवृत्तिको पतन हुने बाहेक अर्को केही नहुने उनको भनाई छ। 'त्यस्तो विचार र प्रवृत्तिमा हामी कोही चुर्लुम्म डुबेका छौं भने उम्कियौं। जोगियौं। समय छ। तर समय धेरै ढिला हुन थालिसकेको छ', उनले भने, 'यो आन्दोलनको हितको लागि पनि अब हामीले आफूलाई सुधारौं। नयाँ शिराबाट अगाडि बढ्ने संकल्प गरौं।'

दुवैले आफ्नो सम्बोधनमा पार्टी फुट्न नदिने बताए।

प्रचण्डले अहिले कुनै पनि स्थितिमा पार्टी विभाजन हुनबाट रोक्न अन्तिम दमसम्म आफूले प्रयास गरिरहेको बताए। 'पार्टी विभाजन हुन दिइने छैन। यो विश्वास म तपाईंहरुलाई दिन चाहन्छु। पार्टीलाई एकतावद्ध राखिने छ', उनले भने, 'यो बहसबाट अझ खारिएको पार्टी, अझ एकतावद्ध पार्टी, अझ स्पष्ट विधि पद्धति पालना गर्ने पार्टीको विकास हुने छ।' 

नेता नेपालले पनि आफू सँगसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता कसैबाट नहोस् भनेर सचेत गराए। उनले सबैले बुद्धि पुर्‍याउने अपेक्षा पनि गरे। 'तपाईंहरुलाई चिन्ता छ, कम्युनिस्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन। कम्युनिस्ट पार्टी फुट्नेवाला छैन। कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर यो कम्युनिस्ट पार्टी फुट्नेवाला छैन। तर हामीमध्ये केही व्यक्ति कस्ता छौं भने कसैले भन्दिहाल्यो, पत्रिकामा आइहाल्यो भने पार्टी फुट्छ कि भनेर डर थरथरथरथर काम्न थाल्छौं। थर्किनुपर्ने केही आवश्यकता छैन', उनले भने।

Xtrem

Xtrem

उनले कम्युनिस्ट आन्दोलनलाई कसैले चाहेर विसर्जनको अवस्थामा पुर्‍याउन नसक्ने स्पष्ट पारे।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १८:११
  • #प्रचण्ड
  • #माधव_नेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९२० मत पा... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आ... आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्य... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्