काठमाडौं- सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजीनामा दिएका छन्। शर्मालाई बैंकले गत वर्ष प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो।
सञ्चालक समितिसँगको अन्तरविरोधका कारण शर्माले राजीनामा दिएका हुन्। शर्माले राजिखुसी राजीनामा दिएको एक सञ्चालकले जानकारी दिए। ‘राजीनामा विशुद्ध रुपमा स्वयं व्यक्तिले दिने भएकाले यसमा कसैले हटाएको भन्न मिल्दैन,’ ती सञ्चालकले भने।
शर्मालाई नियुक्त गर्नुअघि बैंकको सञ्चालक समितिले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको थियो। तर आन्तरिक कलहपछि श्रेष्ठलाई नबनाउने निर्णय भयो। आन्तरिक कलहकै बीचमा शर्माले एक वर्ष काम गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।