• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भाग्यमानी रञ्जन : प्रधानन्यायाधीशको चित्तमा खाएपछि एक सातामै फैसला, अर्को साता रिहाइ

सरकारी वकिलको त्रुटीपूर्ण दावीका यस्ता छन् आधार
64x64
दुर्गा दुलाल शुक्रबार, साउन ९, २०७७  १८:०५
1140x725

काठमाडौं- असार १५ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलाशमा १५ थान मुद्दा पेशी चढेका थिए। 

त्यसमध्ये छैटौं नम्बरमा रहेको एक मुद्दामा गरेको अस्वाभाविक फैसलाले उनीहरु अहिले विवादमा छन्। दोस्रो पेशीको १ नम्बरमा रञ्जन कोइराला र सरकारी पक्षले तारा रेग्मी समेतलाई विपक्षी बनाई दायर गरेको मुद्दाको पेशी थियो। 

२०७३ जेठ २२ मा रञ्जन र २०७५ जेठ २२ मा सरकारी वकिल सर्वोच्च पुगेका थिए।  उक्त मुद्दा एकपछि अर्को इजलाश हुँदै पेशी सर्दै आएको थियो।  प्रधानन्यायाधीश राणाले असार १५ गते देशभर लकडाउन चलिरहेको समयमा सुनुवाइ सुरु गरे। सुनुवाइको दिनमा उक्त मुद्दा हेर्न नभ्याइने लहरमा थियो । तर राणाको इजलाशले उक्त दिन सक्ने भन्दै पक्षका कानुन व्यवसायीलाई  छोटो बहस गर्न लगायो। सरकारी वकिलले पनि जिल्ला र उच्चले ठहर गरेको मुद्दा भएकाले सफाइ नहुने तर्क राखे । करिब २० मिनेटमा सरकारी पक्षले बहस समाप्त गरे। 

कोइरालाको मुद्दा हुँदा उच्च अदालत पाटनमा सरकारी वकिलले करिब एक दिन लगाएर बहस गरेका थिए।  सुनुवाइ सकिएलगत्तै राणाले फैसला हुने जानकारी गराए । राणासहितको इजलाशले रञ्जन कोइरालालाई सफाइ दिन नमिल्ने निर्णय सुनायो । रञ्जनकी प्रेमिका तारा रेग्मीलाई भने सफाइ दियो । 

 ११ वर्ष ६ महिना छुटको फैसलालगत्तै पूर्णपाठ

श्रीमतीलाई हत्या गरि जलाएको आरोपमा रञ्जनलाई उच्च अदातल र जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए। उच्चले तारा ढकाललाई भने सफाइ दिएको थियो। त्यसविरुद्ध सरकारी पक्ष सर्वोच्च गयो भने जिल्ला र उच्चको फैसलाविरुद्ध कोइराला पनि सर्वोच्च पुगे।

सर्वोच्च अदालतमा गत आर्थिक वर्षमा ३५ हजार मुद्दा पुगेका थिए । तीमध्ये ३२ प्रतिशत अर्थात् साढे १० हजारमात्र फैसला भएका थिए । यसरी फैसला भएकोमध्ये रञ्जन कोइरालाको मुद्दा भाग्यमानी साबित भयो, जुन फैसला हुनेबित्तिकै पूर्णपाठ तयार भयो। अन्य कैंयौ मुद्दा भने वषौंदेखि फैसला कुरेर बसेका छन्। 

रञ्जनको मुद्दाको फैसलाको पूर्णपाठ एक हप्तामै सर्वोच्चले तयार गरेको थियो। सर्वस्वसहित जन्म कैदमा २० वर्ष सजाय काट्नु पर्नेमा ११ वर्ष ६ महिना छुट पाएको र फैसला भएको एक महिनाभित्रै  जेलबाट रिहाइ हुने भएपछि यसरी फैसला तयार गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

असार १५ गते भएको फैसला साउन नलाग्दै रञ्जनका कानुन व्यवसायीले प्राप्त गरेका थिए। दुई सातामै पूर्णपाठ तयार भएको न्यायीक इतिहासमा यो विरलै घटना थियो । 

सरकारी वकिलको पुनरावेदन जिकिर

सर्वोच्च अदालतले रञ्जन कोइरालाको सजाय घटाउन चार वटा आधार टेकेको छ।  गीता ढकालले नै कोइरालाई उक्साएका कारण घटना भएको,आवेशमा आई गरेको, नाबालक छोराहरुको हेरचाह,  ८ वर्ष ६ महिना कैद बसेकाले मकसद पुरा भएको र तारा रेग्मीको संलग्नतामा षडयन्त्र भएको नदेखिएको आधार लिएको छ। 

तर सरकारी वकिलको कार्यालयले दर्ता गरेको पुनरावेदनमा यी आधारहरु त्रुटीपूर्ण भएको दाबी गरिएको छ।

सरकारी वकिलले कोइरालाले आफ्नी श्रीमती गीतालाई कर्तव्य गरि मारेको र त्यसमा प्रेमिका तारा रेग्मीको सहयोगी भूमिका रहेको कुरा सर्वोच्चबाटै स्वीकार भएको जिकिर पहिलो बुँदामा गरेको  छ। 

कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा  कोइराला तत्कालीन सशस्त्र प्रहरी बलको प्रहरी नायब महानिरीक्षक(डिआइजी) रहेको र अपराध गरेको अदालतबाटै स्वीकार गरेको दोस्रो वुदाँमा उल्लेख छ। 

कोइरालाले श्रीमतीलाई मानसिक र शारीरिक यातना दिइ प्रताडित गर्दै आएको र तारा रेग्मीसँग विगतदेखि नै प्रेम सम्वन्ध रहेकाले यो घटना नियोजित भएको उक्त बुँदामा दाबी गरिएको  छ। 

उक्त घटना आकस्मिक नभई नियोजित भएको कुरा कर्तव्य गरि मारेपछि शव जलाई भौतिक अस्तित्वसमेत छिपाउने योजना गरि सरकारी मोटरमा पेट्रोल पम्पबाट अस्वाभाविक रुपमा बोकेर मकवानपुर लगि जलाएकोबाट पुष्टि हुने सरकारी वकिलको तेस्रो बुँदामा जिकीर गरिएको  छ। 

अदालतले मुलुकी ऐनको १८८ लाई प्रयोग गरेको र यो व्यवस्था खारेज भएकाले यसको सुविधा दिन नमिल्ने चौथो बुँदामा उल्लेख गरेको  छ।  कोइरालाले उक्त घटनालाई अदालतमा अस्वीकार गरेकोले उनलाई उक्त सुविधा दिन नमिल्ने सरकारी वकिलको जिकीर छ ।  

कोइरालाले घटनामा संलग्न रहेको कुरा इन्कार गरे पनि प्राप्त प्रमाणले उनलाई पुष्टि गरेकाले जघन्य रुपमा हत्या गर्ने,सबुत मेटाउने र शवलाई अन्यत्र लगि जलाउने कार्य गरेको व्यक्तिलाई सजायमा भारी छुट दिन नमिल्ने सरकारी वकिलको पाँचौ बुँदमा  उल्लेख  छ।

कोइरालालाई १८८ नम्बरको सुविधा दिनुको आधार र कारणसमेत नखुलाएकाले यो त्रुटीपुर्ण भएको सरकारी वकिलको छैटौं बुँदामा उल्लेख छ । 

यस्ता छन् सरकारी पक्षले पेश गरेका नजिर 

सरकारी वकिलको कार्यालयले प्रधानन्यायाधीशको फैसला त्रुटीपूर्ण भएको पुष्टि गर्न यसअघि सर्वोच्चबाट भएका चार फैसलाहरुलाई नजिरको रुपमा पेश गरेको  छ। शान्ति विकविरुद्ध नेपाल सरकार रहेको कर्तव्य ज्यान मुद्दा पहिलो नजिरको रुपमा पेश गरिएको छ। जुन मुद्दामा दण्ड निर्धारण गर्दा दण्डको प्रकृति र दण्डको हद दुवैको हुनुपर्ने भनिएको छ। 

यसमा अपराधको गम्भीरता निर्धारण, सजायको मात्रा तथा मापदण्डले निश्चितता प्रदान गरेको हुनुपर्ने व्याख्या गरेको थियो । त्यस्तै दोस्रो नजिरको रुपमा सरकारी पक्षले नेपाल सरकारविरुद्ध जगत सदाको कर्तव्य ज्यान मुद्दाको नजिर पेश गरेको  छ। जुन मुद्दामा सर्वोच्चले हदैसम्म सजाय गर्दा वा हदैसम्म सजाय नगरी आधा वा कम सजाय गर्दा किन हदैसम्म कम गरेको वा किन हदैसम्म सजाय नगरी आधा  वा कम सजाय गरिएको हो त्यसलाई पुष्टि गर्ने आधार र कारणले सर्मथन गर्नुपर्ने व्याख्या गरेको थियो।  

त्यस्तै तेस्रो नजिर नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेतसमेत भएको कर्तव्य ज्यान मुद्दा रहेको छ । उक्त मुद्दामा सर्वोच्चले सजायको उद्देश्य कसुरदारलाई दण्डित गर्ने, त्यस्तो कसुर गर्नबाट अरुलाई निरुत्साहित गर्नु र कानुनको अधिनमा रही कसुरदारलाई अपराधको वोध गराई सुधार गर्नु हो । नाममात्रको सजाय गर्ने हो भने सजाय नै हँुदैन । अपराधीलाई अनुभूति र पीडितलाई न्यायको महसुस गराउने फैसला हुनुपर्ने उल्लेख छ। 

सरकारी वकिलले यी आधार, कारण र सर्वोच्च अदालतबाट प्रतिपादित नजिर एवं कानुनी सिद्धान्तले फैसला त्रुटीपूर्ण भएको जिकीर गरेको  छ। 

दोस्रो प्रेमले हत्यासम्म पुर्‍यायो 

पोखराका रञ्जन र काठमाडौंकी गीताबीच २०५० जेठ ३१ गते मागी विवाह भएको थियो। विवाहको केही समय उनीहरुको सम्बन्ध राम्रै चल्यो। तर, केटी भनेपछि हुरुक्क हुने रञ्जनको स्वभावले सम्बन्धमा दरार आउन थाल्यो। यसबीचमा उनीहरुका दुई छोरा पनि जन्मिएका थिए।

कान्छो छोरा जन्मिँदासम्म अर्थात् २०५७ सम्म रञ्जनले बाहिर अर्कै केटी राखेको सूचना गीताले पाइन्। त्यसपछि उनीहरुसँगै बस्ने अवस्थामा रहेन। गीता आफ्नो माइतीले दाइजोमा दिएको बालुवाटारको जग्गामा घर बनाएर बस्न थालिन्। रञ्जन भने सातदोबाटोस्थित आफ्नै घरमा बसे। एउटा छोरा बुबासँग र एउटा आमासँग बस्थे।  यसैबीच उनीहरुमा सम्पत्तिको झगडा सुरु भयो। गीताले ०६८ मंसिर १४ गते जिल्ला अदालतमा मानाचामल भराइपाऊँ भन्दै अंशमुद्दा हालिन्।  अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो। सम्भवतः यही घटनापछि रञ्जनले गीताको हत्या योजना बुन्न थालेका  थिए । 

कोइरालाको यो योजनामा प्रेमिका तारा रेग्मीको पनि हात भएको प्रहरीको दाबी थियो ।  २०६८ पुस २७ गते रञ्जनले गीताको हत्या गरे ।  ०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि यो घटना सार्वजनिक भयो । रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेपछि प्रहरीको नियन्त्रणमा परे।

अदालतले २०७१ बैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। उनी हाल डिल्लीबजार कारागारमा जेल सजायँ काटिरहेका थिए । उनकी प्रेमिका तारा रेग्मीलाई पनि योजनामा संलग्न रहेको ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको थियो। तर उच्चले जिल्लाको फैसला उल्टाउँदै सफाइ दियो।

मन्त्रिपरिषद्ले रञ्जनलाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी सशस्त्रबाट बर्खास्त पनि गरेको थियो। थुनामा रहेका रञ्जन सर्वोच्चको फैसला अुनसार साढे ८ वर्ष कैदको सजाय कटाएर बुधबार रिहा भए । सर्वोच्चले दुई छोराको अभिभावक अभाव भएको भन्दै फैसला गरे पनि कोइरालालाई लिन प्रेमिका तारा रेग्मी पुगिन् । सर्वोच्चको यो फैसलाप्रति नागरिक समाजलगायत अन्य वर्गले विरोध गरिहेका छन्। न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने माग उठिरहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्य... मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।  उनका अनुसार दुध र चिन... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्