चौतारा- मेलम्ची खानेपानी आयोजनामा भएको घटनाको बारेमा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको बैठकले घटनाबारे वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका हुन्।
आगामी दिनमा पनि यस्तो घटना नघट्ने गरी काम गर्न आयोजनालाई निर्देशन दिएको मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए।
छलफलमा पूर्वमन्त्री शेरबहादुर तामाङ, पूर्वमन्त्री डा.लार्केल लामा‚ प्रदेशसभा सदस्य निमा लामा, ईन्द्रमाया गुरुङ, मेलम्ची नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाललगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो।
खानेपानी विकास बोर्डका सदस्य चन्द्र थापा, मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलका संयोजक एवं खानेपानी मन्त्रालयका सहसंयोजक रमाकान्त दवाडी एवं मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीलगायतको उपस्थिति रहेको थियो।
मेलम्ची खानेपानी आयोजनाको पानी परीक्षणको क्रममा ड्याम फुट्दा एकजनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। अरु २ जनाको काठमाडौंमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।