काठमाडौं- ५२ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा सुविधा प्रदान गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट नवीकरण गराएका छन्। लगानीकर्ताले उक्त संस्थाबाट प्राथमिक शेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले प्राथकिक शेयर, हकप्रद शेयर तथा अन्य सार्वजनिक निष्काशन हुँदा उक्त बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिन सक्नेछन्। आस्वा सुविधाअन्तर्गत डिम्याट खाता बैंक खातालाई समायोजन गरिन्छ।
मेरो शेयरबाट अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ। आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर लिएपछि प्राथमिक शेयरमा आवदेन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।