काठमाडौं- सरकारले लकडाउनको अन्त्य गरेसँगै अदालतमा हदम्याद‚ म्याद‚ तारेखमा उपस्थित हुनुपर्ने अवस्थाका व्यक्तिहरू बिहीबारदेखि बाटाको म्यादबाहेक ३० दिनभित्रमा जिल्लाभित्रका सम्बन्धित अदालत वा न्यायिक निकायमा उपस्थित हुन सर्वोच्च अदालतले सूचना जारी गरेको छ।
सरकारले लकडाउनको अन्त्य गरेपछि अदालतको शून्य समय सकिएको बताउँदै सर्वोच्च अदालतले देशभरका जिल्ला अदालतलाई यस्तो सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।