काठमाडौं- बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले देशभर आफ्नो सञ्जाल विस्तार गर्ने अभियानलाई तिब्रता दिएको छ। मञ्चले बुधबार मात्रै देशका २६ जिल्लामा नयाँ अध्यक्षहरु तोकेको छ।
‘गतिविधि देशभर फैलाउन र राजनेता विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्यार्थीहरुको नेतृत्व विकास गर्न पनि मञ्चले यस्तो निर्णय गरेको हो’, मञ्चका केन्द्रीय सदस्य डा केदार सुवेदीले भने, ‘सञ्जाल विस्तारको अभियान अबका दिनमा पनि जारी रहन्छ।’
विगत १० वर्षदेखि मञ्चले देशभरका युवाहलाई संगठित गदै विचारगोष्ठी, अन्तर्क्रिया र प्रशिक्षण लगायतका कार्य गर्दै युवाहरुको नेतृत्व विकास गर्दै आइरहेको छ।
केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार मनोनयमा परेका २६ जिल्लामा जिल्लाका नयाँ अध्यक्षहरु यस प्रकार छन्ः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।