प्रतीकात्मक तस्बिर
काठमाडौं- काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड आक्रमण भएको छ। किनमेलका लागि बाहिर निस्केका बेला २२ वर्षीया ती युवतिमाथी एसिड प्रहार भएको हो। उनीमाथि कसले एसिड प्रहार गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।
'ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि एसिड आक्रमण हो। कसले र किन प्रहार गरेको भन्ने खुलेको छैन। उनीमाथि एसिड प्रहार गर्नेको खोजी भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।
घाइते युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।