काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, ४३ पुगे मृतक, काठमाडौं उपत्यकामा ९ जनासहित थप १४७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुग्यो ।
२) सर्वोच्चले सजायमा भारी छुट दिएपछि रिहा भए पत्नी हत्याका दोषी पूर्वडिआइजी रञ्जन कोइराला, सर्वोच्चको फैसलाविरुद्ध सरकारी पक्ष सर्वोच्चमा जाने । ३) कोरोनासँगै वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले घट्यो, आयात १५.६३ र निर्यात ०.९८ प्रतिशतले घट्दा राजश्व संकलन पनि १४.५० प्रतिशत कम।
४) न्युयोर्कका नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन, मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्नेमा अमेरिकी संक्रामक रोग विशेषज्ञहरुको जोड ।
५) र, राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा आवेदन दिएका २७ मध्येबाट तीन जनाको नाम अन्तिम चरणमा छनोट, निवर्तमान सदस्य सचिव सिलवालको सम्भावना बलियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।