• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

को हुन् ‘भ्याक्सिन क्यारियर’ बोकेर बाढी तर्दै गरेका स्वास्थ्यकर्मी?

कल्पना पौडेल बिहीबार, साउन ८, २०७७  १८:५०
1140x725

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियोमा दुई जना स्वास्थ्यकर्मी बाढी आएको खोला तरिरहेका देखिन्छन्। 

खोलामा पानीको बहाव बढेको छ। उनीहरु खोला तर्ने कोशिस गरिरहेका छन्। 

महिला स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारियर बोकेकी छिन्। उनीहरु त्यो क्यारियर जोगाउँदै खोला तर्न लागेका छन्। 

उक्त भिडियोले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ। 

कोरोनाको कहरमा मात्र होइन, हरेक वर्ष आउने प्राकृतिक विपद्मा पनि नेपाली स्वास्थ्यकर्मीले जोखिममै रहेका स्वास्थ्य सेवा दिइरहेको सो भिडियोले पुष्टि गरेको छ। 

उक्त भिडियो बराहताल गाउँपालिका सुर्खेतको हो। 

हरेक महिनाको पहिलो साता नियमित खोप कार्यक्रम सञ्चालन हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भिडियोमा देखिएका स्वास्थ्यकर्मी सोही गाउँपालिका वडा नम्बर १ सुगुरखालमा नियमित खोप कार्यक्रम सम्पन्न गरी फर्किंदाको हो। 

भिडियो खिच्ने पनि स्वास्थ्यकर्मी नै हुन्। उनले आफ्ना सहकर्मीहरु तर्न लागेका समयमा भिडियो खिचेकी थिइन्। त्यो पनि टिकटकमा राख्नका लागि। 

उक्त दिनको घटनाबारे हामीले ती स्वास्थ्यकर्मीसँग कुराकानी गरेका छौँ। हामीले फोन गर्दा अहेब चन्द्रकिरण थापा र अनमी लक्ष्मी गौतम बराहतालकै वडा नम्बर ५ पाग्मामा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै थिए। 

सविना शाही ठकुरी, अनमी 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


म एक वर्षदेखि करारमा बराहताल गाउँपालिका तेलपानीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत छु। नियमित खोप कार्यक्रम चलिरहेकाले साउन ५ गते बिहान सात बजे गाउँपालिकै वडा नम्बर १ सुगुरखोला जान निस्क्यौँ। सुगुरखालमा नयाँ खोप केन्द्र बनाइएको हो।

वडा नम्बर २ हरिहरपुर स्वास्थ्य चौकीमा कार्यरत अहेब दाइ चन्द्रकिरण थापा र अनमी दिदी लक्ष्मी गौतम अनि सहयोगी दाइ र म दिउँसो १ बजेपछि मात्र सो ठाउँमा पुगेका थियौं।

बिहान निस्कँदा पानी परेको थिएन। सो वडामा ७ जना बालबालिकालाई खोप लगाएर  हामी साढे २ बजेतिर फर्किन लागेका थियौँ। 

तर, फर्किंदा निकै ठूलो पानी पर्‍यो। त्यहाँ बस्न मिल्ने अवस्था पनि थिएन। हामीले लगाएका कपडा पनि भिजेको थियो। भोलिपल्ट अर्को वडामा खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले पनि बस्न मिलेन। बराहताल गाउँपालिका निकै विकट गाउँपालिका हो। 

हामी आइपुग्दा त खोला निकै बढेको थियो। चन्द्र सरले आफू गएर तर्न सकिन्छ भनेर हेर्नु भयो। अनि लक्ष्मी दिदीलाई तार्न लाग्दा मैले भिडियो लिएको हो। 

मैले यत्तिकै टिकटकको ड्राफ्टमा रहेको गीतमा त्यो १५ सेकेन्डको भिडियो खिचेको हो। दिदी तरेपछि म खोला तरेर पारि गएँ। दिदी र सर वीरेन्द्रनगर जानुभयो। तेलपानी कोठामा राति साढे सात बजे पुगें। खाना खाएर १० बजेतिर त्यो भिडियो पोस्ट गरेको भाइरल नै भएछ। 

यतातिर अरु बेलामा पनि पानी परिरहन्छ। खोला यस्तै उर्लिन्छ। तर काम पनि गर्नुप¥यो। जिम्मेवारी नै यही हो। हामीले काम नगरे बालबालिकाको भविष्य नै अस्वस्थ हुन्छ। नियमित खोप कार्यक्रम रोक्न पनि मिल्दैन। त्यसैले गाह्रो भए पनि जिम्मेवारी पूरा गर्न दिनरात, बर्खा जतिबेला पनि खट्नैपर्छ।

तेलपानी क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले अरु बेलामा पनि हिँड्न जोखिम नै हुन्छ।

चन्द्रकिरण थापा, अहेब, हरिहरपुर स्वास्थ्य चौकी

बराहताल गाउँपालिका हरिहरपुर स्वास्थ्य चौकीमा समायोजन भएर गत असोजमा आएको हुँ। साउन ५ गते हामी सुगुरखाल गएका थियाँै। बराहतालको १ नम्बर वडा लेकमा पर्छ। त्यहाँ पुग्न पाँच घन्टा हिँड्नुपर्छ। 

नयाँ थपिएको स्वास्थ्य केन्द्र भएकाले २ जना सिस्टर, म अनि एक जना बाटो देखाउन भाइलाई लगेका थियाँै। फर्कंदा पानी ठूलो परेको थियो। 

त्यो त भिडियो बनाएको एउटा खोला मात्र हो। यस्ता अन्य ४ वटा खोला तरेका थियांै। सविना सिस्टरले भिडियो राखेपछि भाइरल भएको रहेछ। परिवार कल्याण महाशाखाका खोप प्रमुख डा झलक गौतम सरले फोन गर्नुभएको थियो।

कर्णाली प्रदेशको सामजिक विकास मन्त्रालयबाट, अन्य साथीभाइले समेत फोन गर्नुभयो।

त्यो भिडियो यत्तिकै खिचिएको थियो तर त्यसले दुर्गममा बसेर स्वास्थ्य सेवा दिइरहेका अन्य स्वास्थ्यकर्मीको पनि प्रतिनिधित्व गरेको छ जस्तो लाग्यो।

सबैले निकै प्रशंसा गरेर फेसबुकमा म्यासेज पठाउनुभएको छ। त्यसले आफ्नो पेसाप्रति झन् सम्मान बढाएको महसुुुस भइरहेको छ। 

समायोजन गर्ने बेलामा स्वास्थ्यकर्मीलाई विभेद गरिएको छ। निजामती सेवाका कर्मचारीलाई एक तह बढाएर समयोजन गरियो तर हामीलाई त्यसो गरिएन। एउटै पद भए पनि हामी र उनीहरुबीच विभेद छ। 

तर, पनि हामीले हाम्रो कर्तव्य पूरा मन लगाएर निर्वाह गरेका छौँ। 

लक्ष्मी गौतम, अनमी, हरिहरपुर स्वास्थ्य चौकी


म हरिहरपुर स्वास्थ्य केन्द्रमा २ देखि कार्यरत छु। त्यो दिन फर्कंदा ठूलो पानी परेको थियो। पानीसँगै हावा पनि चलेकाले छाता ओड्दा पनि हामी भिजेका थियाँै।

अरु ४ वटा यस्तै खोला तर्दै आएकोले त्यो खोला तर्दा मैले लक्ष्मी बहिनीलाई भने, ‘एउटा भिडियो बनाउनु न, खोला तर्दा बगाएछ भने पनि अरुलाई हेर्न सम्झना हुन्छ।’

त्यही भएर बहिनीले भिडियो बनाउनुभयो। मैले झोला र भ्याक्सिन क्यारियर पनि बोकेको थियो। पानीले भ्याक्सिन क्यारियर तल तिर तान्थ्यो। त्योबेला निकै डर लागेको थियो। 

जाँदा–आउँदा १० हिँड्दा खुट्टा सुन्निएको छ। औंलामा चोट लागेको छ। मैले त त्यो भिडियो अस्ति मात्र हेरेको हुँ। मेरो ८ वर्षको छोरो भिडियो हेरेर डराएछ, ‘मम्मी अबदेखि पानी परेको बेला कतै नजानु भनेर रुँदै थियो। छोरी २३ महिनाकी छिन्। त्यसैले पनि खोला तर्दा डर लाग्यो।’

पछि भिडियो भाइरल भएपछि सबैले कामको प्रशंसा गर्दा त निकै खुसी लागेको छ। भिडियो हेर्दा गौरव महुसुस भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्