• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

को हुन् ‘भ्याक्सिन क्यारियर’ बोकेर बाढी तर्दै गरेका स्वास्थ्यकर्मी?

कल्पना पौडेल बिहीबार, साउन ८, २०७७  १८:५०
1140x725

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियोमा दुई जना स्वास्थ्यकर्मी बाढी आएको खोला तरिरहेका देखिन्छन्। 

खोलामा पानीको बहाव बढेको छ। उनीहरु खोला तर्ने कोशिस गरिरहेका छन्। 

महिला स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारियर बोकेकी छिन्। उनीहरु त्यो क्यारियर जोगाउँदै खोला तर्न लागेका छन्। 

उक्त भिडियोले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ। 

कोरोनाको कहरमा मात्र होइन, हरेक वर्ष आउने प्राकृतिक विपद्मा पनि नेपाली स्वास्थ्यकर्मीले जोखिममै रहेका स्वास्थ्य सेवा दिइरहेको सो भिडियोले पुष्टि गरेको छ। 

उक्त भिडियो बराहताल गाउँपालिका सुर्खेतको हो। 

हरेक महिनाको पहिलो साता नियमित खोप कार्यक्रम सञ्चालन हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

भिडियोमा देखिएका स्वास्थ्यकर्मी सोही गाउँपालिका वडा नम्बर १ सुगुरखालमा नियमित खोप कार्यक्रम सम्पन्न गरी फर्किंदाको हो। 

भिडियो खिच्ने पनि स्वास्थ्यकर्मी नै हुन्। उनले आफ्ना सहकर्मीहरु तर्न लागेका समयमा भिडियो खिचेकी थिइन्। त्यो पनि टिकटकमा राख्नका लागि। 

उक्त दिनको घटनाबारे हामीले ती स्वास्थ्यकर्मीसँग कुराकानी गरेका छौँ। हामीले फोन गर्दा अहेब चन्द्रकिरण थापा र अनमी लक्ष्मी गौतम बराहतालकै वडा नम्बर ५ पाग्मामा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै थिए। 

सविना शाही ठकुरी, अनमी 


म एक वर्षदेखि करारमा बराहताल गाउँपालिका तेलपानीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत छु। नियमित खोप कार्यक्रम चलिरहेकाले साउन ५ गते बिहान सात बजे गाउँपालिकै वडा नम्बर १ सुगुरखोला जान निस्क्यौँ। सुगुरखालमा नयाँ खोप केन्द्र बनाइएको हो।

वडा नम्बर २ हरिहरपुर स्वास्थ्य चौकीमा कार्यरत अहेब दाइ चन्द्रकिरण थापा र अनमी दिदी लक्ष्मी गौतम अनि सहयोगी दाइ र म दिउँसो १ बजेपछि मात्र सो ठाउँमा पुगेका थियौं।

बिहान निस्कँदा पानी परेको थिएन। सो वडामा ७ जना बालबालिकालाई खोप लगाएर  हामी साढे २ बजेतिर फर्किन लागेका थियौँ। 

तर, फर्किंदा निकै ठूलो पानी पर्‍यो। त्यहाँ बस्न मिल्ने अवस्था पनि थिएन। हामीले लगाएका कपडा पनि भिजेको थियो। भोलिपल्ट अर्को वडामा खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले पनि बस्न मिलेन। बराहताल गाउँपालिका निकै विकट गाउँपालिका हो। 

हामी आइपुग्दा त खोला निकै बढेको थियो। चन्द्र सरले आफू गएर तर्न सकिन्छ भनेर हेर्नु भयो। अनि लक्ष्मी दिदीलाई तार्न लाग्दा मैले भिडियो लिएको हो। 

मैले यत्तिकै टिकटकको ड्राफ्टमा रहेको गीतमा त्यो १५ सेकेन्डको भिडियो खिचेको हो। दिदी तरेपछि म खोला तरेर पारि गएँ। दिदी र सर वीरेन्द्रनगर जानुभयो। तेलपानी कोठामा राति साढे सात बजे पुगें। खाना खाएर १० बजेतिर त्यो भिडियो पोस्ट गरेको भाइरल नै भएछ। 

यतातिर अरु बेलामा पनि पानी परिरहन्छ। खोला यस्तै उर्लिन्छ। तर काम पनि गर्नुप¥यो। जिम्मेवारी नै यही हो। हामीले काम नगरे बालबालिकाको भविष्य नै अस्वस्थ हुन्छ। नियमित खोप कार्यक्रम रोक्न पनि मिल्दैन। त्यसैले गाह्रो भए पनि जिम्मेवारी पूरा गर्न दिनरात, बर्खा जतिबेला पनि खट्नैपर्छ।

तेलपानी क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले अरु बेलामा पनि हिँड्न जोखिम नै हुन्छ।

चन्द्रकिरण थापा, अहेब, हरिहरपुर स्वास्थ्य चौकी

बराहताल गाउँपालिका हरिहरपुर स्वास्थ्य चौकीमा समायोजन भएर गत असोजमा आएको हुँ। साउन ५ गते हामी सुगुरखाल गएका थियाँै। बराहतालको १ नम्बर वडा लेकमा पर्छ। त्यहाँ पुग्न पाँच घन्टा हिँड्नुपर्छ। 

नयाँ थपिएको स्वास्थ्य केन्द्र भएकाले २ जना सिस्टर, म अनि एक जना बाटो देखाउन भाइलाई लगेका थियाँै। फर्कंदा पानी ठूलो परेको थियो। 

त्यो त भिडियो बनाएको एउटा खोला मात्र हो। यस्ता अन्य ४ वटा खोला तरेका थियांै। सविना सिस्टरले भिडियो राखेपछि भाइरल भएको रहेछ। परिवार कल्याण महाशाखाका खोप प्रमुख डा झलक गौतम सरले फोन गर्नुभएको थियो।

कर्णाली प्रदेशको सामजिक विकास मन्त्रालयबाट, अन्य साथीभाइले समेत फोन गर्नुभयो।

त्यो भिडियो यत्तिकै खिचिएको थियो तर त्यसले दुर्गममा बसेर स्वास्थ्य सेवा दिइरहेका अन्य स्वास्थ्यकर्मीको पनि प्रतिनिधित्व गरेको छ जस्तो लाग्यो।

सबैले निकै प्रशंसा गरेर फेसबुकमा म्यासेज पठाउनुभएको छ। त्यसले आफ्नो पेसाप्रति झन् सम्मान बढाएको महसुुुस भइरहेको छ। 

समायोजन गर्ने बेलामा स्वास्थ्यकर्मीलाई विभेद गरिएको छ। निजामती सेवाका कर्मचारीलाई एक तह बढाएर समयोजन गरियो तर हामीलाई त्यसो गरिएन। एउटै पद भए पनि हामी र उनीहरुबीच विभेद छ। 

तर, पनि हामीले हाम्रो कर्तव्य पूरा मन लगाएर निर्वाह गरेका छौँ। 

लक्ष्मी गौतम, अनमी, हरिहरपुर स्वास्थ्य चौकी


म हरिहरपुर स्वास्थ्य केन्द्रमा २ देखि कार्यरत छु। त्यो दिन फर्कंदा ठूलो पानी परेको थियो। पानीसँगै हावा पनि चलेकाले छाता ओड्दा पनि हामी भिजेका थियाँै।

अरु ४ वटा यस्तै खोला तर्दै आएकोले त्यो खोला तर्दा मैले लक्ष्मी बहिनीलाई भने, ‘एउटा भिडियो बनाउनु न, खोला तर्दा बगाएछ भने पनि अरुलाई हेर्न सम्झना हुन्छ।’

त्यही भएर बहिनीले भिडियो बनाउनुभयो। मैले झोला र भ्याक्सिन क्यारियर पनि बोकेको थियो। पानीले भ्याक्सिन क्यारियर तल तिर तान्थ्यो। त्योबेला निकै डर लागेको थियो। 

जाँदा–आउँदा १० हिँड्दा खुट्टा सुन्निएको छ। औंलामा चोट लागेको छ। मैले त त्यो भिडियो अस्ति मात्र हेरेको हुँ। मेरो ८ वर्षको छोरो भिडियो हेरेर डराएछ, ‘मम्मी अबदेखि पानी परेको बेला कतै नजानु भनेर रुँदै थियो। छोरी २३ महिनाकी छिन्। त्यसैले पनि खोला तर्दा डर लाग्यो।’

पछि भिडियो भाइरल भएपछि सबैले कामको प्रशंसा गर्दा त निकै खुसी लागेको छ। भिडियो हेर्दा गौरव महुसुस भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राख... बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । बिहीबार, वैशाख २४, २०८३
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’ त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेक... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्