काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाले ८० हजार रूपैयाँ घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ। सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ।
सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको हो। नदीको तटबन्धमा जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ।
आयोगको टोलीले घुस लिएको देखेपछि सबइञ्जीनियर जैसवालले आफ्नो नजिक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ। दुवैलाई पक्राउ गरी हेटौंडा ल्याइएको छ। अनुसन्धानपछि काठमाडौं पठाइने आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।