• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पूर्वडिआइजी कोइरालालाई कैद छुट दिने फैसलाविरुद्ध सरकारी पक्ष सर्वोच्च जाने 

64x64
नेपाल लाइभ बिहीबार, साउन ८, २०७७  १४:४०
1140x725

काठमाडौं-सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर साढे आठ वर्ष बनाएपछि रिहा भएका पूर्व डिआइजी रञ्जन कोइरालाविरुद्ध पुनरावलोकनका लागि सरकारी वकिलको कार्यालय सर्वोच्च जाने भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले गरेको फैसला त्रुटीपूर्ण भएको दाबी गर्दै महान्यायाधीवक्ता कार्यालय पुनरावलोकनमा जाने तयारी गरेको हो। 

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सन्जिवराज रेग्मीका अनुसार यसका लागि आवश्यक तयारी थालिएको छ। कोइरालाको फैसला हुँदा लिइएका आधारहरु गलत भएको प्रमाणित गर्ने नजिरहरुको अध्ययन थालिएको र पुनरावलोनको मस्यौदा तयार भएपछि सर्वोच्चमा दर्ता गरिने उनले बताए। 

कोइरालाले पत्नि गीता ढकालको काठमाडौंमा हत्यापछि चित्लाङ पुर्‍याएर शव जलाएका थिए। क्रुर रुपमा हत्या गरेको व्यक्तिलाई चित्त नखाएको आधार देखाएर र सर्वोच्चबाट यसअघि प्रतिपादन भएका नजिरविपरीत रहेकाले खारेज हुनुपर्ने जिकीर गर्ने तयारी सरकारी वकिलले गरेको छ। कोइरालाको फैसला गलत भएकाले बिहीबार पुनरावलोकन गर्ने निर्णय महान्यायाधीवक्ता कार्यालयले गरेको हो। सर्वोच्चको आदेशपछि कोइराला आजै जेलमुक्त भएका छन् । 

यस्तो थियो घटना

डिआइजी कोइराला र श्रीमती गीता कोइराला (ढकाल) बीच सम्बन्ध राम्रो थिएन। २ छोराको जन्मपछि पनि उनीहरु अलग्गै बस्दै आएका थिए। 

गीता एकाएक बेपत्ता भएपछि माइती पक्षले हनुमानढोकामा उजुरी दिएका थिए। त्यसपछि  तत्कालीन बहालवाला डिआइजी कोइरालामाथि अनुसन्धान सुरु भएको थियो। माइती पक्षले २०६८ पुस २९ गते रञ्जनले गीतालाई बेपत्ता पारेको दाबी गर्दै हनुमानढोकामा उजुरी दर्ता गराएका थिए।

त्यसको अघिल्लो दिन २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा फेला परेको थियो। दोस्रो पटक श्रीमतीको शव जलाएको स्थानमा पुगेर फर्कदै गर्दा प्रहरीले उनलाई नागढुंगाबाट पक्राउ गरेको थियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। शवको डिएनए टेस्ट गरियो। त्यसबाट पनि उक्त शव गीताकै भएको प्रमाणित भएको थियो । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि शवलाई गाडीमा हालेर पालुङ पुर्‍याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर शव जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो।

दुई छोरा अभिभावकविहीन भएको भन्दै सजाय घटाइयाे, लिन पुगिन् प्रेमिका 

कोइरालालाई सजाय छुट दिने विषयमा सर्वोच्चले टेकेका धेरै आधारमध्ये एक थियो आमाको मृत्यु भएपछि दुई छोराहरु अभिभावकविहीन भएको। तर उनी रिहा हुँदा बिहीबार डिल्लीबजार कारागारमा फरक दृश्य देखियो। कोइरालालाई लिन उनका छोराहरु पुगेका थिएनन्, प्रेमिका तारा रेग्मी पुगेकी थिइन्। 

आफ्नी आमाको हत्यारालाई कसरी अभिभावक स्वीकार गर्ने भन्ने प्रश्न उठ्ने गरि सर्वोच्चले यस्तो तर्क गरेको थियो। बा १८ च ५४१७ नम्बरको कार चलाएर कोइरालालाई रिसिभ गर्न रेग्मी डिल्लीबजार कारागार पुगेकी  थिइन्। उनले कारागारबाट कोइराला रिहा हुँदै गर्दा आफूहरुका बीचमा विवाद साम्य भइसकेको दाबीसमेत गरेकी थिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको इजलाशले कोइरालाको मुद्दामा फैसला सुनाउँदै सजाय घटाएको थियो। असार १५ गते भएको फैसलामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो। तर, कोइरालालाई अपराधबाट उन्मुक्ति दिन नमिल्ने ठहर गर्दे सजायमा भने भारी छुट दिएको थियो।  

२०७३ जेठ २३ गते कोइराला र तारा रेग्मीसहितलाई विपक्षी बनाउँदै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो। कोइरालाको हकमा उच्च र जिल्लाले दोषी ठहर गरे पनि प्रेमिका रेग्मीको हकमा फैसला चित्त नबुझेको भन्दै सरकारी पक्ष सर्वोच्च पुगेको थियो। सरकारको पुनरावेदनलगत्तै कोइराला पक्षबाट पनि मुद्दा सर्वोच्च लगिएको थियो। उक्त मुद्दामा चार वर्षपछि सर्वोच्चले फैसला सुनाएको हो।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्