काठमाडौं–सिरहामा सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माडर सिरहास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टमा कार्यरत मनोहरकुमार यादवको हत्यामा संलग्न सिरहा ३ मखनाहाका जयकेशकुमार यादव, सोही ठाउँबस्ने मंगला भन्ने दीपेशकुमार यादव र बुलना भन्ने मुकेशकुमार यादव पक्राउ परेका हुन्।
उनीहरुले सिरहा ३ का विन्दी यादवको छोरीको विवाहमा भएको सामान्य विवादका क्रममा मनोहरकुमारलाई ३ किलोमिटरसम्म लखेटी नहरमा डुबाएर हत्या गरेको खुलेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।
साउन ६ गते पक्राउ परेका उनीहरुलाई सिरहा अदालतमा पेश गरिएकोमा अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।