काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको साँवा तथा ब्याज तिर्नसमेत नसक्ने अवस्थामा पुगेको जनाएको छ।
कोभिड-१९ का कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानबाट हुने आम्दानी पनि घटेको र ग्राउन्डह्यान्डलिङ सेवाबाट गर्दै आएको आम्दानी पनि ९० प्रतिशतले घटेपछि आर्थिक संकट उत्पन्न भएको निगमले जनाएकाे छ। जसका कारण निगमले १ सय ४५ कर्मचारीको करार अवधि नवीकरण नगरेकाे जनाएको छ।
२ सय २५ जनाको करार अवधि सकिएकोमा १ सय ४५ जनाकाे थप नगर्ने निर्णय निगम सञ्चालक बोर्डले गरेकाे निगमले जनाएको छ।
करार अवधि नवीकरण नभएपछि करारका कर्मचारी आन्दाेलनमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।