काठमाडौं-‘इनफ इज इनफ’ अभियानका अनशनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे त्यसबाट उत्पन्न हुने परिस्थितिको दोषी प्रधानमन्त्री केपी शर्मा ओली हुनुपर्ने चेतावनी साझा पार्टीले दिएको छ।
अभियानकर्मी दोस्रो पटक अनशन बसेको बिहीबार ६ दिन पुगेको छ। कोभिड-१९ महामारीको प्रभावकारी व्यवस्थापनको मागसहित अनशरत युवाका मुद्धाप्रति साझाले ऐक्यबद्धता जनाएको छ।
पिसीआर परीक्षण बढाउनु पर्ने, क्वारेन्टाइनको सुधार, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै अनशनमा बसेका युवासँग सरकारले सहमति गरेको थियो। १२ दिनसम्म अनशन बसेका युवाको माग पुरा गर्ने सरकारी प्रतिबद्धतापछि केही दिनअघि अनशन तोडेका थिए।
सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै ई, करण गुरूङ र समाइरा श्रेष्ठ दोश्रो पटक पुन: अनशनमा बसेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।