काठमाडौं-जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले देशका १५ वटा जिल्लामा लगातार ३ घण्टादेखि वर्षा भरहेकाले सतर्क रहन आग्रह गरेको छ।
महाशाखाले ती स्थानका साना नदीमा आकस्मिक बाढी आउन सक्ने उल्लेख गर्दै सतर्क रहन आग्रह गरेको हो।
पछिल्लो ३ घण्टामा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही र कपिलवस्तु आसपास मध्यम वर्षा भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।