काठमाडौं-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक या दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ। यतिखेर देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको जनाइएको छ।
हाल मनसूनी न्यूनचापीय रेखा पश्चिमी भू-भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू-भागमा नेपालनजिक रहेको महाशाखाले जनाएकाे छ।
यस्तो छ ३ दिनको मौसमी विवरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।