एजेन्सी–एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले कोरोना महामारीको सामना गर्नका लागि पाकिस्तानलाई २५ करोड डलर ऋण दिने भएको छ।
एआईआईबीका अलावा यस ऋणमा विश्व बैंक पनि साझेदार हुनेछ । यसबाट पाकिस्तानले कोरोना संक्रमणको सामना गर्न आफ्नो स्वास्थ्य सेवालाई अझ सुधार गर्ने एआईआईबीले जनाएको छ।
यसअघि उक्त बैंकले पाकिस्तानलाई ५० करोड डलर ऋण दिएको थियो। बैंकले कोरोना महामारीमा सहयोग लागि छुट्याएको १० अर्ब डलरको कोषबाट पाकिस्तानलाई ऋण दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।