एजेन्सी–ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमा तेस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको छ। गत ७ जुलाईमा कोरोना पोजिटिभ देखिएपछि उपचार गराइरहेका बोल्सोनारोमा पुनः पोजिटिभ देखिएको हो।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनलाई राष्ट्रपतिको मेडिकल टिमले हेरिरहेको सञ्चार मन्त्रालयले जनाएको छ।
ब्राजिलमा पनि तीव्र गतिमा कोरोना भाइरस संक्रमण फैलिइरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ब्राजिलमा २१ लाख ५९ हजार ६ सय ५४ जना संक्रमित भएका छन् भने ८१ हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।