काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) आजदेखि लकडाउन अन्त्य, भदौं १ देखि यातायात, आन्तरिक तथा बाह्य हवाई उडान र विद्यालय भर्ना गर्न पाइने, लकडाउन खुलेपनि काठमाडौं भित्रिन पास यथावत । ( आजदेखि लकडाउन अन्त्य )
२) नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, ४२ पुगे मृतक, बुधबार थपिएका एक सय जनासहित संक्रमितको संख्या १८ हजार ९४ पुग्यो । ( नेपालमा ४२ पुगे मृतक )
३) व्यवसायीहरूले अनावश्यक संरक्षण माग्न थालेको अर्थमन्त्री खतिवडाको गुनासो, दुई तहको भन्सार अन्तर माग गर्न थालेको भन्दै धेरै संरक्षण खोज्दा उपभोक्तालाई महँगो पर्ने उल्लेख । ( ‘व्यवसायीहरूले अनावश्यक संरक्षण माग्न थाले’ )
४) अमेरिकामा कोरोना महामारीको स्थिति अझ भयावह हुने राष्ट्रपति ट्रम्पको अनुमान, सामाजिक दूरी कायम गर्न नसके मास्क लगाउन आग्रह गर्दै त्यसको सकारात्मक प्रभाव हुने प्रतिक्रिया । ( मास्क लगाउन ट्रम्पको आग्रह )
५) र, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको फराकिलो जित, वाटफोर्ड ४–० गोलअन्तरले पराजित, जितपछि लिगको दोस्रो स्थानमा रहेको सिटीको ३७ खेलबाट ७८ अंक । ( वाटफोर्डमाथि सिटीको फराकिलो जित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।