काठमाडौं- सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेलाई जगेडामा राखेको छ। सोमबारको मन्त्रिपरिषदको बैठकले न्यौपानेलाई अतिरिक्तमा राख्दै उनको स्थानमा टेकनारायण पाण्डेलाई ल्याइएको छ।
पाण्डे कर्णाली प्रदेशका प्रमुख सचिव थिए। केही समयअघि मात्रै भूमिसुधार सचिव भएका न्यौपानेको एक्कासी सरुवा भएको छ।
यसैगरी गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। उनको ठाउँमा हालै बढुवा भएका सचिव विष्णुप्रसाद नेपाललाई लगिएको छ।
यसैगरी बागमती प्रदेशका प्रमुख सचिवको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा हालै बढुवा भएका अर्का सचिव मानबहादुर बिकेलाई पठाइएको छ।
यो सरुवापछि कर्णाली प्रदेश प्रमुख सचिव विहीन भएको छ। शिक्षा मन्त्रालय पनि सचिवविहीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।