काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटना बढेको मौसम विज्ञान विभागको भनाइ, सुस्ता आसपास र नदी तटीय क्षेत्रमा डुबानको जोखिम
२) काठमाडौं उपत्यकामा १० सहित मंगलबार थप १५० जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो, १२ हजार ४७७ जना उपचारपछि निको भए
३) चैत ११ देखि बन्द हवाई सेवा भदौ १ गतेबाट सुरु गर्ने सरकारको निर्णय, २५ प्रतिशत मात्रै उडान खुलाउने तयारी, सबै क्षेत्रमा नभई प्राथमिकताको आधारमा उडान हुने
४) बेलायत र चीनमा विकसित कोरोना भाइरसका दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल भएको अनुसन्धाताहरुको दाबी, बेलायत सरकारद्वारा खोपको १० करोड मात्राको माग
५) र, क्यानद्वारा हेड कोच, महाप्रबन्धक तथा वित्त प्रबन्धकसहित क्रिकेट व्यवस्थापकको पदपूर्ति गर्न आइसिसीसँग समन्वय गर्ने तयारी, भदौ १५ भित्र साधारणसभा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।