काठमाडौं- नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
यहि साउन ५ गते चितवनकाे राप्ती नगरपालिका ९ का उद्धव घतानीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। घतानीले रोजगारीको प्रलोभनमा पारी २०७५ भदौमा ती युवासँग १ लाख ६० हजार रुपैयाँ तथा १ हजार अमेरिकन डलरसमेत लिएका थिए।
उनलाई दुबई हुँदै लिबियाको त्रिपोली पुर्याई १ वर्षसम्म बन्धक बनाइ राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।