प्रतीकात्मक तस्बिर
काठमाडौं- ३ जना नेपाली महिलालाई कुबेत पठाईदिन्छु भनि भारतको नयाँ दिल्ली पुर्याई एक अपार्टमेन्टमा बन्धक बनाएर राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। गोरे भन्ने नर बहादुर श्रेष्ठ पक्राउ परेका हुन्।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले असार ७ गते झापा मेची नगरपालिकाबाट पक्राउ गरेको हो। अनुसन्धान पश्चात उनलाई अदालतबाट पुर्पक्षको लागि कारागार पठाइएको ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।