प्रतीकात्मक तस्बिर
काठमाडाैं- पछिल्लाे २४ घण्टामा देशभर ७१ वटा घटना भएका छन्। राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३१ स्थानमा पहिराे गएकाे छ।
मनसुन सुरु भएदेखि बाढी-पहिराेमा परेर ११४ जनाकाे मृत्यु भएकाे छ भने पहिराेमा परी ४६ जना बेपत्ता भएका छन्।
प्राधिकरणले जारी गरेकाे बुलेटिनमा साेमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्म ३१ स्थानमा पहिराे गएकाे छ। यसैगरी ११ स्थानमा बाढी आएकाे छ। ४ स्थानमा आगलागी, १ स्थानमा चट्याङ परेकाे छ। यी घटनामा परी ६ जनाकाे मृत्यु भएकाे छ भने ३ जना बेपत्ता भएका छन्। ११ जना घाइते भएका छन्।
तनहुँमा पहिराेमा परी एक जनाकाे मृत्यु भएकाे छ। गाेरखामा पनि पहिराेमा परी एक जनाकाे मृत्यु भएकाे छ। तेह्रथुम ५ जना घाइते भएका छन्।
यस्ताे छ देशभरकाे विवरण:






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।