काठमाडौं-स्याङ्जामा कोरोना संक्रमितको उपचारमा खटिएका एक डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्याङ्जाको गल्याङ नगर अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना पुष्टि भएको हो। प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ आएको हो।
उनको अवस्था सामान्य रहेको बताइएको छ। अस्पतालमा २ जना संक्रमित आइसोलेसनमा उपचाररत थिए।
अस्पतालका अन्य १९ जनाको परीक्षणमा भने कोरोना संक्रमण नदेखिएको अस्पतालका एक कर्मचारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।