काठमाडाैं- काठमाडाैं उपत्यकाका खाेला किनारका बस्तीमा बाढी पस्न सक्ने जाेखिम देखिएकाे छ। पछिल्लो ६ घण्टाको मापनले काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएकोले खोला किनारामा रहेका बस्तीमा बाढी पस्ने जोखिम देखिएको हाे।
मौसम पूर्वानुमान महाशाखाले उपत्यकाका सबैजसो नदीका बाढी बस्तीमा पस्ने खतरा रहेको भन्दै सूचना जारी गरेको छ। महाशाखाले मंगलबार बिहान १० बजेको बुलेटिनमा ट्विटमार्फत् दिएको सूचनाअनुसार मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्रायः सबै नदीमा पानी तह खतरा तह आसपास पुगेको छ।
नदी/नालाको पानी सडक र बस्तीसम्म आउन सक्ने भएकाले बेलुकासम्मै उच्च सतर्क रहन अनुरोध गरिएको छ। खोला किनारा छेउमा बसोबास गर्ने मानिसहरुलाई सतर्कता अपनाउन भनिएको छ।
तस्बिर : भीम पाैडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।