काठमाडौं–पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको जोगिमारा–मावाखोला खण्ड र नारायणगढ–मुग्लिन सडकको कालीखोला सडकमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्न सडक विभागले जनाएको छ।
विभागका महानिर्देशक केशवकुमार शर्माले ती सडक खण्डको विकल्पमा त्रिभुवन राजपथ र बर्दिबास–सिन्धुली–बनेपा सडक प्रयोग गर्न आग्रह गरेका छन्।
उनले पुल बगाएका र नदीले सडक कटान नै गरेका स्थानमा वर्षा र नदीको बहाव कम नभई सडक सञ्चालन गर्न नसकिने अवस्था रहेको पनि जनाएका छन्।
सडक विभागको वेबसाइट http://www.dor.gov.np/home बाट देशभरका राजमार्गहरुको अवरोध र खुलेको विवरणको जानकारी लिएर यात्रा तय गर्न पनि विभागले सबैमा अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।